साम्राज्ञीलाई छोड्ने रोग

हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहलाई छोड्ने रोगले सताएको जस्तो छ । उनको बायोडाटा केलाउने हो भने उनले चरणवद्ध रुपमा विभिन्न कुरा छाडिरहेकी छन् । छक्का पन्जा २ बाट गरिएको अफर उनले पटक्कै मानिन् । उनले, यो फिल्म छाडिन् । यो फिल्म गरेको भए आज उनी गाउँ गाउँका दर्शकमा पुग्ने  पनि थिइन् । तर, साम्राज्ञी शहरका सिमित बर्गमै सिमित छिन् ।

उनले, जय भोले भन्ने फिल्म पनि छाडिन् । जय भोले फिल्मको कथा पढेर समय दिन नसक्ने भन्दै उनले छाडिन् । साम्राज्ञीले जय भोले छाडेर ठिक गरिन, गरिनन् फूलपातिको रिलिज पछि थाहा होला । साम्राज्ञीले समय नभ्याएको भन्दै छक्का पन्जा ३ पनि छाडिन् । छक्का पन्जा ३ मा दीपिका प्रसाइका लागि गरिएको अफर उनलाई गरिएको थियो । तर, उनले यसमा रुची देखाइनन् । फरक कथामा  पाइन भन्दै आएकी साम्राज्ञीले पाएको फिल्मको कथामा काम भने गरेकी छैनन् ।

अब, साम्राज्ञी आफ्नो प्रेम सम्बन्धबाट टाढा भएकी छन् । व्यवसायी मयंक खड्कासँगको प्रेमलाई साम्राज्ञीले विश्राम लगाएकी छन् । प्रेममा रहँदा मयंकविना टाढा हुनै नसक्ने साम्राज्ञी र मयंकमध्ये कसले कसलाई छाडेका हुन्, खुलेको त छैन । तर, साम्राज्ञीको गहिरो प्रेम फुटेको छ । साम्राज्ञी फिल्म छाड्न त माहिर नै मानिन्छिन् । प्रेमीसँगको ब्रेकअपपछि कतै उनलाई छाड्ने रोग लागेको त होइन भन्ने देखिन थालेको छ । जे जे छाडेपनि, साम्राज्ञी जस्तो स्टारले फिल्मलाई भने माया गरिरहुन् ।