एमस्टरडम मार्केटमा देखिए कमेडियन कपिल

- मेराेफिल्म

टिभीबाट ब्रेक लिएपछि कमेडियन कपिल शर्मा आखिर कहाँ छन् ? यो प्रश्न सबैले उठाउँदै आएका छन् । यि दिनहरुमा कपिल एमस्टरडममा घुमिरहेको देखिएको छ । कपिलको एक फोटो सार्वजनिक भएको छ , जसमा उनी एमस्टरडमको कुनै सुपरमार्केटमा सामान किनीरहेको देख्न सकिन्छ ।

पहिला फिट देखिने कपिल अहिले निकै मोटाएका छन् । खबर अनुसार कपिल गर्लफ्रेन्डका साथ ग्रीसमा होलिडे मानाईरहेका छन् । करीब १५ दिन पहिला कपिललाई मुंबई एयरपोर्टमा देखिएको थियो । कपिल पछिल्लो समयमा विवादितमा छन् । यस मार्चमा शुरु भएको कपिलका नयाँ शो फैमिली टाईम विद कपिल शर्मा पनि सिर्फ ३ एपिसोड पछि बन्द भयो । यहि कुराले कपिललाई डिप्रेशन भएको थियो । कमेडी शो फैमिली टाईम विद कपिल शर्मा बन्द भएपछि कपिल मिडीयाबाटनै गायब छन् । उनले आफ्नो सबै कामबाट ब्रेक लिएका छन् ।

२०७५ असार २४ गते १५:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *