करिश्माको तिज अमेरिकासम्म ! (भिडियो)

- मेराेफिल्म

नायिका करिश्मा मानन्धर अभिनित तिज गीत ‘तिजको लहर अमेरिकासम्म’ सार्वजनिक भएको छ । गायिका पारु रंजितको स्वर रहेको उक्त तिज गीतमा शब्द/संगीत बाबुल गिरीको रहेको छ ।

श्रीधर पौडेलको छायाङ्कन रहेको उक्त भिडियोमा पवित्रा आचार्यको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने सम्पादन बिष्णु शर्माले गरेका हुन् । भिडियोलाई बिरेन्द्र रंजितले निर्माण गरेका हुन् । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिजलाई मध्यनजर गर्दै तिजसँग सम्बन्धित विभिन्न गीतहरु बजारमा आएका छन् । त्यसै भिडमा गायिका रंजितको यस गीत तिजको लहर अमेरिका सम्म थपिएको छ ।

२०७५ असार २५ गते १७:१६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *