कपालमा चायाँ : समस्या र समाधान

शान्ति शर्मा, कारा ब्युटी केयर एण्ड ट्रेनिंग सेन्टर
कपालमा चायाँ पर्नु धेरैलाई देखिने समस्या हो जुन बच्चा, युवा बृद्ध सबैमा देखापर्छ । चायाँ एक प्रकारको छालामा रहेको भरिसकेको कोष हो जसले कपाललाई फोहरी देखाउने, कपाल चिलाउने गर्छ र चमकमा समेत कमि आउने गर्छ । यस बाहेक चायाँले छालामा विभिन्न समस्याहरु देखापर्छ । जस्तै, निधारमा मसिना बिमिराहरु आउने, अनुहार तथा सोल्जरको छालामा डन्डीफोर आउने समेत समस्या देखा पर्छ ।

कारण/ समस्या
चायाँको समस्याको समाधान गर्नुपुर्व चायाँ के कारणले आउछ भन्ने कुरा बुझ्नु पर्छ ।
व्यक्तिगत सरसफाईलप कमी
चिन्ता बढी लिनु
कपालको सरसफाईमा कम ध्यान दिनु
सुख्खा छाला
केमिकलको बढी प्रयोग
मसलेदार चिल्लो खाना
दैनिक जीवनमा ध्यान नदिनु

समाधान
एक पटक राम्रोसँग सोचौ र पत्ता लगाउ की के कारणले चायाँ परेको हो ? त्यसै अनुसार सन्तुलित भोजन, दैनिक जीवन यापन गर्ने तरिकामा परिवार्तन ल्याउनुपर्छ । चिन्ताको कारणले हो भने जीवनमा आशावादी भएर अगाडी बढ्नु पर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिने । जस्तै काईयो, रुमाल ब्याक्तिगत बनाउने, घरेलु उपाय अपनाउनुका साथै दक्ष ब्युटिसियनकोमा गई उपचार गराउने । हामीले पार्लरमा पनि केमिकल र मेसिनद्वारा चायाँको उपचार गराउछौ । यति गर्दा पनि समस्या समाधान नभएमा फेमिली डाक्टर वा छालारोग बिशेसज्ञ सँग सल्लाह लिनु पर्छ ।

साधारण घरेलु स्याहार
नरिवलको तेल र कागतीको रस २ -२ टेवल चम्चा लिने र यसलाई मिक्स गरि मनतातो बनाएर कपालको जरामा लगाई मसाज गर्ने २० मिनेट राखेर स्याम्पु गर्ने

चायाँको लागी दहि एकदमै लाभदायक छ । तर अली झन्झटिलो लाग्छ । कपालको जरा र कपालमा सबैतिर दहि लगाएर आधा घण्टा राख्ने र मिल्ड स्याम्पुले धुने

सके सम्म चायाँ पर्न नदिनका लागी मिल्ड एन्टीडेन्ड्रफ स्याम्पु प्रयोग गर्ने । यदि त्यसले पनि नभएमा मेडीकेटेड स्याम्पु प्रयोग गरि हटाउने ।