हरेक पापको सजाय प्रायश्चित हुदैन ‘कहिँ कतै’ ट्रेलर

श्रावण २५ गते अल नेपाल रिलिज हुने फिल्म ‘कहिँ कतै’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायक दिलीप रायमाझी, नव कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपा, नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा बेबीलाई समेटिएको छ । सिवानी र सोनमले यहि फिल्मबाट डेब्यू गरेका हुन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन रहेको छ । शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्मको पोस्टर टौवा क्रियशनले तयार पारेको हो ।