बायोपिकको दौडमा अर्को नाम – कपिल शर्मा

बलिउडमा बायोपिकको बाढी नै आएको छ भन्दा फरक नपर्ला । विवादित सेलिब्रिटीहरुको बायोपिक बन्ने क्रम बढ्दै गएको छ । सञ्जय दत्तको ‘सञ्जु’ प्रदर्शन पछि सन्नी लियोनीको ‘करणजित कौर’  प्रदर्शनको क्रममा छ । अब अर्का विवादित सेलिबि्रटी कपिल शर्माको बायोपिक बनाउने तयारी भैरहेको छ । कपिलको जीवनमा आधारित रहेर फिल्म बनाउने निर्देशक विनाद तिवारी हुन् ।

फिल्म ‘तेरी भाभी है पगले’ बाट निर्देशकका रुपमा डेब्यू गर्दै गरेका तिवारीले यो फिल्म प्रदर्शनपछि कपिलको बायोपिक सुरु गर्नेछन् । बायोपिकमा प्रमुख भूमिकाका लागि उनले कमेडियन कृष्णा अभिषेकलाई अफर गरेका छन् । यसै फिल्मबाट अभिनेता सञ्जय दत्तकी भतिजी नाजिया हुसैन पनि बलिउड डेब्यू गर्दैछिन् । फिल्मको प्रोड्यूसर सुरेन्द्र पुरी रहने छन् ।’ एकताका निकै लोकप्रिय  रहेको कपिलको टेलिभिजन शो अहिले बन्द छ र उनी पनि गुमनाम जस्तै नै छन् ।