नेपालका १० सहरमा ‘चिँ मुसी चीँ’ कन्सर्ट

११ श्रावणबाट प्रदर्शनमा आउने फिल्म ‘चिँ मुसी चीँ’  को प्रचार प्रसारमा तिब्रता ल्याइएको छ । आजदेखि १० दिनसम्म देशका १४ शहरहरुमा कन्सर्ट आयोजना गरिने भएको हुदा टिम देश दौडाहामा जुटेको छ ।

कन्सर्टमा ‘चिँ मुसी चीँ’ का प्रमुख कलाकारहरुका साथै नेपाल आइडलबाट चर्चा कमाएकी फिल्मको गीतमा समेत आवाज दिएकी गायिका सुजाता पान्डेको समेत सहभागिता रहने छ । कन्सर्टको सुरुवात बिराटनगरबाट हुनेछ । त्यसपछि क्रमशः बिर्तामोड,  धरान,  इटहरी,  लालबन्दी,  हरिवन,  नारायणघाट, हेटौंडा,  बुटबल,  पोखरा,  दमौली,  ललितपुर,  भक्तपुर र काठमाडौं हुदै कार्यक्रम समापन हुने छ ।

दिनेश श्रेष्ठद्वारा निर्देशित फिल्ममा सुनील क्षेत्री, एलिसा शर्मा, सुशान्त कार्की,  कमली वाइवा,  सशांक बस्याल,  सेखर सुवेदी,  शिवराज कार्की लगायतको अभिनय रहेको छ । फिल्ममा करण राज कार्कीले संगीत दिएका छन् बने कार्यकारी निर्माता शिवराज कार्की रहेका छन् ।