प्रियंकाको कत्रो परिवार ?

- मेराेफिल्म

हिरोइन प्रियंका कार्कीले धेरै काम पाउनुको कारण उनले सबै निर्मातालाई फुर्काउन जानेर हो भनिन्छ । प्रियंकाको बोली पनि त्यस्तै सुनिन्छ ।
प्रियंकाले बोल्ने एउटा शब्द छ, जुन उनले सबै निर्माताको लागि बोलिदिन्छिन् । नाई नभन्नु ल ५ फिल्मको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा प्रियंकाले निर्देशक विकासराज आचार्य आफ्नो परिवारको मान्छे भएको बताइन् ।

विकासराज आचार्यले प्रियंकालाई नाई नभन्नु ल २ देखि लिइरहेका छन् । प्रियंकालाई विकास आफ्नै परिवारको सदस्य संझिन्छन्, प्रियंकाले त झनै संझिहाल्ने भइन् ।

तर, प्रियंकाको परिवारको सदस्य विकास मात्र होइनन् । निर्देशक मिलन चाम्सको ब्यानरमा बन्ने फिल्ममा पनि उनले यसै भन्दै हक जमाएकी छिन् । मिलन चाम्स त आफ्नो परिवारको सदस्य हुनुहुन्छ भन्न प्रियंकाले आइतबार पर्खिन्नन् ।

दीपकराज गिरी र दीपाश्री निरौला त झनै उनका परिवार भैहाले । दीपक र दीपाको फिल्ममा आफ्नो पुरा अधिकार लाग्ने भनेरै उनले काम गरिरहेकी छिन् ।

माधव वाग्ले, दीपेन्द्र के खनाल पनि उनका परिवारका सदस्य नै भए । फिल्म वृत्तमा चलेका ब्यानर सबै प्रियंकाका परिवारका सदस्य हुन् । आखिर, प्रियंकाको परिवार चै कत्रो हो ?

२०७५ असार २६ गते १५:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *