लभ सेन्टिमेन्ट्सले भरिपूर्ण ‘नाईँ नभन्नू ल ५’ ट्रेलर

फिल्म ‘नाईँ नभन्नू ल ५’ को ट्रेलर सार्वजनिक भएको छ । विकासराज आचार्यको निर्देशन रहेको फिल्मको ट्रेलर लभ सेन्टिमेन्ट्सले भरिपूर्ण रहेको छ ।

वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, केकी अधिकारी, दिलिप रायमाझी, बुद्दी तामाङ, बाल कलाकार द्वय अनुभव रेग्मी, सेड्रीना शर्मा, डेब्यु नायक अभिषेक नेपाल, उत्तम केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसै फिल्मबाट अभिनेत्री निरुता सिंहले नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछिन् ।

सामिप्याराज तिमल्सिना र विकासराज आचार्यको लेखन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ । दिनेश पोखरेल, पुरुषोत्तम प्रधान, बिष्णुमणि दाहाल कार्यकारी निर्माता रहेको फिल्म हरिबोल भण्डारी र गौरी जोशीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।