‘तारक मेहता’का कलाकार हंसराजको मृत्यु

भारतीय टेलिभिजन जगतको चर्चित शो ‘तारक मेहताका उल्टा चश्मा’ का कलाकार कवि कुमार आजादको मृत्यु भएको छ । शोमा डाक्टर हंसराजको भूमिकामा देखिएका उनको हृदयघातका कारण निधन भएको हो । यस शोमा उनी लामो समयदेखि आवद्ध थिए ।

उनको मृत्युको कारण अधिक मोटोपन समेत हुनसक्ने अनुमान गरिएको छ । यसअघि उनले २०१० मा आफ्नो ८० किलो तौल सर्जरीबाट घटाएका थिए । उक्त सर्जरीपश्चात उनको दैनिकी सहज भएको थियो ।