कन्डम किन्ने मरिष्का कि श्रीमति मरिष्का ?

- मेराेफिल्म

मरिष्का पोखरेलको पहिरन र हाउभाउ हेर्दा लाग्दैन, उनी फिल्ममा पनि ग्ल्यामर बन्न सक्छिन् । किनकी, मरिष्का कार्यक्रममा यति नम्र र सानो स्वरमा बोल्छिन् कि, सुन्न नै गाह्रो हुन्छ ।

मरिष्का कुनै पनि कार्यक्रममा छोटा पहिरन लगाएर पुगेको देखिदैन । यसैले मरिष्का पोखरेलले फिल्म भित्र पनि आफूलाई बोल्ड बनाउँछिन् भन्ने लाग्दैन ।

मिस्टर भर्जिनको टिजर हेर्दा मरिष्काको अर्कै रुप देखिन्छ । ३ यूवाले किन्न नसकेको कन्डम मरिष्काले कन्डम दिनुहोस् न भन्दै किनेको दृश्यले दर्शकलाई कौतुहल बनाएको छ । मरिष्का पोखरेलको यो रुप दर्शकलाई फरक लाग्न सक्छ ।

मरिष्काको साउन र भदौमा ३ वटा फिल्म रिलिज हुँदैछन् । मिस्टर भर्जिनमा कन्डम किनेकी मरिष्का साउन ४ गते हलमा रिलिज हुने पण्डित बाजेको लौरीमा पण्डितकी  श्रीमतिको भूमिकामा छिन् ।

भदौ २९ गते उनले अभिनय गरेको साली कस्को भेनाको फिल्म पनि रिलिज हुँदैछ । दर्शकले श्रीमति मरिष्का कि कन्डम किन्ने मरिष्कालाई मन पराउलान् ? कन्डम किन्ने मरिष्कालाई रुचाए भने मरिष्काले आफूलाई यस्तै चरित्रमा ढाल्न कञ्जुस्याँई गर्लिन् कि नगर्लिन् ?

२०७५ असार २७ गते ९:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *