‘सन्जु’ बनाउन सञ्जय दत्तलाई १० करोड

बलिउड चर्चित अभिनेता सन्जय दत्तको बायोपिक फिल्म सन्जुले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । भारतमा मात्र नभई बिश्वका बिभिन्न देशहरुमा सन्जुले राम्रो व्यापार गरिरहेको छ । फिल्ममा सञ्जय दत्तको भूमिका बलिउड अभिनेता रणबीर कपूरले निभाएका छन् । सन्जुले व्यवासायिक हिसाबले मात्र नभई समिक्षागत हिसाबले पनि राम्रो प्रतिक्रिया पाईरहेको छ ।

तर यतिबेला भारतीय मिडीयामा सञ्जयले आफ्नो बायोपिक बनाउन करोडौ रुपैयाँ लिएको खबर बाहिरिएको छ । उनले निर्देशक राजकुमार हिरानीसँग फिल्म बनाउन १० करोड लिएको साथै फिल्मले कमाएको नाफाबाट पनि सञ्जयले केहि रकम पाउन भारतीय मिडीयाले उल्लेख गरेका छन् । फिल्ममा रणबीरको साथमा सोनम कपूर, बिक्की कुशल, परेस रावल,  अनुश्का शर्मा,  मनीषा कोईराला, लगायतका कलाकारको अभिनय रहेको छ ।