दिशा पाटनीले अक्षय कुमारलाई जोडी स्विकारिनन् !

मस्ट डिमान्डिङ अभिनेत्री दिशा पटानीलाई पछिल्लो समय ठूला ठूला निर्देशकहरुले फिल्मका लागि अफर गरिरहेका छन् । दिशाले अहिलेसम्म दुईवटा मात्र बलिउड फिल्म खेलेकी छिन् । दुवै फिल्म हिट बने । उनले क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक एमएस धोनीमा पत्नी साक्षीको भूमिका निभाएकी थिईन । उक्त फिल्मबाट उनलाई दर्शकले निकै रुचाए । त्यस पछी उनको दोस्रो फिल्म बागी २ प्रदर्शनमा आयो र फिल्मले सन्तोषजनक व्यापार गर्यो ।

बागीमा दिशा आफ्नो रियल लाईफ ब्वाईफ्रेड टाईगर श्राफसँग देखिएकी थिईन् । बागी २ हिट पस्चात दिशाको चर्चा चुलिएको हो । अहिले उनी सलमान खानको फिल्म भारतको तयारीमा व्यस्त छिन् । साथै ऋतिक रोशनको जोडी भएर अर्को फिल्म खेल्ने पनि तय भएको छ । यसरी हातमा दुई प्रोजेक्ट भईसकेपछि तत्काल उनले अर्को अफर स्वीकार्ने सम्भावना छैन । यस्तोमा उनले सुपरस्टार अक्षय कुमारको जोडी बन्ने प्रस्तावलाई समेत नकार्नु परेको छ । उनलाई हाउसफुल ४ का लागि यो अफर आएको थियो । तर दिशाले समय नभएको भन्दै अफरलाई अस्वीकार गरिन् । कुनै बेला बलिउडमा फिल्म पाउनका लागि निर्माता निर्देशकको दैलो चहार्ने दिशा पटानीको करियरले यति चाँडो यो उचाई लेला भन्ने सायदै कसैलाई लागेको थिएन ।