१२ बर्षपछि सनी देवल र अमिशा पटेल स्क्रिन सेयर गर्दै

सनी देवल आफ्नो अपकमिंग फिल्म ‘यमला पगला दिवाना ३’ लिएर दर्शक माझ आउँदै छन् । फिल्ममा सनी १२ बर्ष पछि अमीषा पटेलसँग दिखिदै छन् । पहिले दुईजनाको यो जोडीलाई दर्शकले निकै रुचाएका थिए । फिल्ममा प्रिती जिंन्टा पनि लामो समयको अन्तरालमा स्क्रिनमा देखिदै छिन् ।

प्रितीको भुमिकाको बारेमा भने बताइएको छैन । यसलाई गोप्य रुपमै राख्ने टिमले बताएको छ । प्रितीसँगै फिल्ममा अरशद वार्सी,  श्रेयस तलपडे,  संजय मिश्रा,  मुकुल देव,  पकंज त्रिपाठी लगायत कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।