‘पण्डित बाजेको लौरी’ पोष्टर सार्वजनिक

- मेराेफिल्म

साउन ४ गते प्रदर्शन मिति तय गरेको फिल्म  ‘पण्डित बाजेको लौरी’को पोष्टर  सार्वजनिक भएको छ । फिल्ममा सन्ध्या केसी बदिनीको भूमिकामा रहेकी छन् भने विजय बराल बादीको भूमिकामा प्रस्तुत भएका छन् ।

अधृत फिल्म्स प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ । ‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर गिरीको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।

२०७५ असार २६ गते १७:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *