‘कसौटी जिन्दगीकी’ रिमेक बन्ने , प्रेरणाको भूमिकामा एरिका

- मेराेफिल्म

स्टार प्लसबाट प्रशारण हुने हिन्दी टेलिसिरियल ‘कसौटी जिन्दगी’ १७ बर्ष पछी रिमेक हुने भएको छ । प्रोमो सुट भैसकेको निर्माता एकता कपुरले जानकारी दिइन । यो सिरियलको लोकपि्रयतापछि भारतीय टिभी च्यानलहरुमा यस्ता पारिवारिक सिरियलको बाढी नै आयो ।

कसौटी जिन्दगीकीको रिमेकमा श्वेता तिवारीको ठाउँमा एरिका फर्नान्डिजले लीड रोल गर्नेछिन् । उनले यसअघि ‘कुछ रंग प्यार के’ नामक सिरियलमा अभिनय गरेकी थिइन् । रिमेकको ‘थिम सङ’ पुरानै हुनेछ । शोको टीजर पनि अघिल्लो जस्तै छ । प्रेरणाको क्यारेक्टर एरिकाले निभाइरहेकी छन् भने अनुरागको क्यारेक्टर शाहिर शेखले निभाउने छन् । सिरियलको प्रशारण मिति भने टुंगो लगाइएको छैन ।

२०७५ असार २७ गते ११:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *