दीपिका प्रियंकालाई समेत पछी पार्दै प्रिया प्रकाश

सामाजिक संजालमार्फत भाईरल बनेकी प्रिया प्रकाश वारियर फेरी लामो समयपछि चर्चामा आएकी छन् । हालै उनी मुम्बई फिल्म सिटीमा देखिएकी थिईन् । भारतीय मिडीयाका अनुसार प्रिया त्यहाँ एउटा ब्याबसायिक बिज्ञापन छायांकन गर्न पुगेकी थिईन् । प्रियाले आफ्नो पहिलो बिज्ञापनको लागि १ करोड रुपैयाँ पारिश्रमिक लिएकी छन् । एक नवप्रतिभाले पहिलो बिज्ञापनको लागि नै यति धेरै पारिश्रमिक मागेकी छन् ।

उनले दिपिका पादुकोण, प्रियंका चोपडा र आलिया भाटलाई पनि पछि पारेकी छन् । यो मात्र नभएर प्रियाले आफ्नो इंस्टाग्राममा कुनै पनि ब्राण्डको प्रोमोशन गरेको ७,६ लाख रुपैयाँ लिन्छिन् । इंस्टाग्राममा उनको ६० लाखभन्दा धेरै फलोअर्स छन् । इंस्टाग्राममा उनले राखेको भिडीयो १ करोड भन्दा बढि मानिसले हेर्ने गर्छन् । इंस्टाग्राममा प्रिया कम समयमा ६ लाख फलोअर्स पुग्ने तेस्रो सेलिब्रेटी हुन् । यसअघि अमेरिकन मिडीया पर्सन कायली जेनर र फुटबलर क्रिस्टियानो रोनाल्डोको नाम आउने गर्छ ।