लस एन्जलसमा ‘वर्ल्ड फिल्म फेष्टिभल’ हुँदै

अक्टोबर २५ देखि २७ सम्म अमेरीकाको लस एन्जलसमा वर्ल्ड फिल्म फेष्टिभल हुने भएको छ । जसमा नेपाली फिल्म तथा फिल्ममेकरले पनि सहभागीता जनाउन सक्ने भएका छन् । उक्त फेष्टिभलमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रि लगायत सहभागी हुन सक्नेछन । जुनसुकै देशबाट पनि फेष्टिभलमा सहभागि हुन सकिने आयोजक फासी कुरामले जानकारी दिएका छन् ।

फेष्टिभलका अमेरीका स्थित नेपाली फिल्म संयोजक निर्माता सुनिल रावलले राम्रा नेपाली फिल्मलाई प्राथमिकता दिइने जानकारी दिए । फेष्टिभलमा नेपाली संस्कृति झल्किने फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्रिलाई प्राथमिकता दिइने छ । उक्त फिल्म फेष्टिभलमा नेपाली फिल्म संयोजन तथा छनौट हार्दिक मिडिया प्रालीका अध्यक्ष तथा कान्तिपुर फिल्म एकेडेमिका निर्देशक दयाराम घिमिरेले गर्ने भएका छन् भने उक्त फेष्टिभलमा नेपालको कला तथा संस्कृति झल्काउने कल्चरल प्रस्तुतीको संयोजन निर्माता एवम् बितरक गोबिन्द शाहिले गर्नेछन् ।

उक्त फेष्टिभलमा सहभागितको लागी अक्टाबर १५ सम्म सम्बन्धित व्यक्तिहरुले फिल्म बुझाइसक्नु पर्नेछ । छनौट भएका फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्रिलाई अक्टोबर २५ मा अमेरीकाको लसएन्जलसमा प्रर्दशन गरिने छ ।