‘मिस्टर ग्लोबल वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्दै प्रकाश शाह

प्रकाश शाह मिस्टर ग्लोबल वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै जुलाई २१ तारिखमा थाइल्याण्डको बैङ्ककमा हुन लागेको ‘मिस्टर ग्लोबल वर्ल्ड २०१८’मा सहभागि हुने भएका छन् ।

उनले ‘म्यान हन्ट २०१७ का फर्स्ट रनरअप तथा ‘मस्ट स्टाइलिस’ टाइटल जितिसकेका छन् । मोडलिङलाई आफ्नो प्यासन बनाएका शाहले भने, ‘मा यो प्रतियोगितामा प्रकाश शाह भएर जाने होइन नेपाली बनेर जाने हो । हाम्रो पहिचान के हो ? हाम्रो देशको चिनारी के हो भन्ने बुझेर त्यही अनुसारको प्रस्तुती दिनेछु ।’

‘मिस्टर ग्लोबल २०१८’मा विभिन्न ४० बढि देशले सहभागीता जनाउँदै छन् । थाइल्याण्डमा पाँचौ एडिसनको रुपमा हुन लागेको यो प्रतियोगितामा शाहले नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति, भेषभुषाको प्रदर्शन गर्नेछन् । ‘मलाई देखेर अरु मान्छे पनि प्रभावित होस् । अरु मान्छे पनि यस क्षेत्र प्रती आकर्षित होस्, जे जति गर्न सकिन्छ त्यो अरु व्यक्तिको लागि हौसल बनोस् भनेर म अगाडि बढेको हो ।’ उनले भने ।

२०१४ बाट सुरु भएको मिस्टर ग्लोबलमा नेपालको प्रतिनिधित्व भने यो दोश्रो हो । प्रकाश शाह भने नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै यहि बिहिबार अर्थात जुलाइ १२ मा थाइल्याण्ड प्रस्थान गर्दैछन् ।

मोडलिङ, र्याम्प तथा कलाकारिता क्षेत्रमा एकसाथ अगाडी बढिरहेका शाहले गिनिज वर्ल्ड रेकर्डमा ‘वान सट, वान टेक’ फिल्मको रुपमा नाम लेखाउन अघि बढिरहेको ‘जालो’ र ‘जालो रिटर्न्स’मा मुख्य भुमिका निभाएका छन् भने ‘ज्याकपट’ र ‘आर्या’मा पनि अभिनय गरिसकेका छन् ।