बुद्दि र विल्सन हिरो भएपछि…

सुगठित शरीर भएका, अनुहार पनि राम्रा भएका, दर्शकले पनि हिरो भनेर चिन्ने गरेका कत्ती हिरोहरु काम नपाएर घरमा थन्किएका छन् । उनीहरुलाई काममा लिन निर्माताले फिटिक्कै चाहेका छैनन् । तर, ती हिरोहरु थन्कदा अब वुद्दि तामाङ, विल्सन विक्रम राई हिरोइनसँग डाडापाखामा नाच्न थालेपछि सकिएन त ?

वुद्दि तामाङलाई मट्टिमालामा हिरो बनेको देखियो । उनी हिरोइनसँग डाडामा गएर गीत गाउँदै नाचे । दर्शकलाई हलमा हैट भन्दै हसाँएका वुद्दिलाई दर्शकले हिरोको रुपमा स्विकार गरेनन् । मट्टिमालाको व्यापार पानी भयो ।

अब, साली कस्को भेनाको सिनेमामा पनि विल्सन विक्रम राइलाई हिरो बनाइएको छ । उनलाई, पनि सालीसँग मस्कदै नाचेको दर्शकले हेर्नेछन् । विल्सन विक्रम राइलाई नै लिड रोलमा राखेर भद्र भुजेलले सिनेमा बनाएका हुन् । विल्सन विक्रम राई हिरो बन्लान् कि जिरो ?

हाँस्य कलाकार ज्योती काफ्ले लालजोडी सिनेमाका हिरो थिए । उनलाई लिड भूमिकामा राखेर लालजोडी बनाइएको थियो । दयाहाङ राइबाट फेरिएको हिरोको भाषा वुद्दि, विल्सनसम्म आइपुगेको छ । अब, हिरोको भाषा अरु कस कसमा लागू हुने हो, हेर्दै जाउ ।