३० सेकेन्डको विज्ञापनलाई पाँच करोड !

- मेराेफिल्म

‘बागी २’ को सफलतापछि टाइगर श्राफ र दिशा पटानीको भाउ ह्वात्तै बढेको छ । फिल्ममा मात्रै नभएर विज्ञापनमा पनि यो जोडीको माग बढ्न थालेको छ । एउटा तेल कम्पनीले उनीहरुलाई संयुक्त रुपमा आफ्नो ३० सेकेन्डको विज्ञापनमा खेल्न अफर गर्‍यो । त्यस्सको लागि टाइगर र दिशाले पांच करोड पारिश्रमिक मागेका छन् । उनीहरुको चर्को मागका कारण कम्पनीले निर्णय लिन सकेको छैन ।

टाइगर र दिशा लामो समयदेखि प्रेममा छन् । पछिल्लो समय पि्रयंका चोपडा र निक जोनस, आलिया भट्ट र रणवीर कपुर, दिपिका पादुकोण र रणवीर सिंहको प्रेमले टाइगर-दिशाको प्रेमलाई ओझेलमा पारेको छ ।

२०७५ असार २८ गते १५:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *