‘करनजीत कौर : द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ ट्रेलर सार्वजनिक

बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक फिल्म ‘करनजीत कौर : द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा लियोनीको जीवनको दुई भागलाई समावेश गरिएको छ । पहिलो भागमा पोर्न उद्योगमा आउँनु भन्दा अगाडीको जीवनलाई चित्रण गरिएको छ भने दोस्रो भागमा पोर्न उद्योगमा आईसकेपछिको उताव चढावलाई चित्रण गरिएको छ ।  नमह पिक्चर्स र फ्रेश लाइम फिल्मसको ब्यानरमा फिल्मको निर्माण गरिएको हो  । फिल्म प्रिमियर टेलिभिजन च्यानल ’जी ५’ बाट १६ जुलाईमा आउने भएको छ ।