‘चिँ मुसी चीँ’ कन्सर्ट विर्तामोड र धरानमा सम्पन्न

‘चि मुसी चि’ को देश ब्यापी कन्सर्ट विर्तामोड र धरानमा सम्पन्न भएको छ । कन्सर्टमा ‘चिँ मुसी चीँ’ का प्रमुख कलाकारहरुका साथै नेपाल आइडलबाट चर्चा कमाएकी फिल्मको गीतमा समेत आवाज दिएकी गायिका सुजाता पान्डेको सहभागिता रहेको थियो । कन्सर्ट बिराटनगरमा समापन भएपछी धरान र बिर्तामोडमा भएको थियो । यसपछी क्रमशः इटहरी,  लालबन्दी,  हरिवन,  नारायणघाट, हेटौंडा,  बुटबल,  पोखरा,  दमौली,  ललितपुर,  भक्तपुर र काठमाडौं हुदै कार्यक्रम समापन हुनेछ ।

दिनेश श्रेष्ठद्वारा निर्देशित फिल्ममा सुनील क्षेत्री, एलिसा शर्मा, सुशान्त कार्की,  कमली वाइवा,  सशांक बस्याल,  सेखर सुवेदी,  शिवराज कार्की लगायतको अभिनय रहेको छ । फिल्ममा करण राज कार्कीले संगीत दिएका छन् बने कार्यकारी निर्माता शिवराज कार्की रहेका छन् ।