राजनीतिमा प्रवेश गर्दै रितेश देशमुख

बलिउड अभिनेता रितेश देशमुख राजनीतिमा प्रवेश गर्ने भएका छन् । उनी २०१९ मा हुने लोकसभा चुनावमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्ने छन् । उनका बुवा विलासराव देशमुख महाराष्ट्रका पूर्व मुख्यमन्त्री थिए । बुबालाई पछ्याउदै उनी राजनीतिमा प्रवेश गर्न लागेका हुन् । यद्यपि, राजनीति प्रवेश बारे उनको औपचारिक प्रतिक्रिया भने आएको छैन । रितेश अहिले फिल्म ‘टोटल धमाल’ मा व्यस्त छन् । यो फिल्ममा उनी अनिल कपु, माधुरी दिक्षित र अजय देवगणसँग स्क्रिन सेयर गर्ने छन् । यसका अलावा उनी अक्षय कुमार र बबी देवलसँग ‘हाउसफुल ४’ मा पनि काम गर्दैर्छन् ।
मराठी फिल्ममा लोकप्रिय रहेका उनको राजनीतिमा प्रवेशलाई धेरैले चासोका साथ हेरिरहेका छन् । मराठी समुदायमा उनको निकै ठूलो फ्यान फलोइङ छ । राजनीतिमा लागेर बाबुको उचाईलाई छुन सक्छन् वा सक्दैनन् चाहिँ भविष्यले नै बताउनेछ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया