रक्षा ! अब हिरोइन बने भैगोनी

भद्रगोल सिरियलले कलाकारहरुको जीवनस्तर उकासिदिएको छ । यो सिरियल खेलेरै कुनै कुनै कलाकार खुबै हिट भएका छन् । कलाकारहरुको विदेशमा डिमाण्ड पनि बढेको छ । भद्रगोल सिरियल खेलेरै राम्रो नाम कमाएकी छन् रक्षा श्रेष्ठले । रक्षाको सुन्दरता र उनको अभिनयले भुतुक्कै हुने पनि प्रशस्त छन् । रक्षाले सिरियल बाहेक म्यूजिक भिडियो र विज्ञापनमा मात्र काम गरेकी छन् । उनलाई फिल्मवालाहरुले प्रस्ताव पनि गरेका छन् । तर, रक्षाले हिरोइन बन्ने मन गरेकी छैनन् ।

तर, रक्षाको मन अब हिरोइन बन्नुपर्छ भन्नेतिर गएको धेरैले वुझ्न थालेका छन् । मिलन चाम्सको निर्देशनमा बनेको बोबी सिनेमाको प्रिमियरमा रक्षाको उपस्थिती विशेष रह्यो । किनकी, यो प्रिमियरमा अन्य कलाकार आएनन् । फिल्मकी हिरोइन कविता श्रेष्ठलाई कमैले मात्र चिन्थे । रक्षा फेरि कुनै हिरोइनको भन्दा कम फेसनमा थिइनन् । यसैले रक्षाकै वरिपरी मिडिया घुमेका थिए । रक्षा पनि फिल्मको हिरोइन जसरी नै कार्यक्रममा पुगिन् ।रक्षाको कपडा पनि आकर्षक थियो ।

रक्षा बोबीको प्रमोशनका लागि राजधानी बाहिर पनि पुगेकी थिइन् । राजधानी बाहिर पुग्दा उनले छोटो कपडा लगाएको सबैले देखेका थिए । रक्षामा आएको यो परिवर्तनले उनमा हिरोइन बन्नुपर्छ भन्ने धुन बज्न थालेको देखिएको छ । हिरोइन बन्दा के भयो त रक्षाले ?