जन्मदिनमा ‘एकीकृत नमुना माझी बस्ति’ लाई आर्थिक सहयोग

रङ्गकर्मी नानी थापाको जन्मदिनको अवसर पारेर असार २७मा फोटोग्राफी स्कुलको प्रस्तुती थापाद्वारा लिखित,  निर्देशित एकल नाटक ‘जूनकिरी’ मन्चन गरिएको थियो । गुरु अशेष मल्लप्रती गुरु दक्षिणास्वरुप समर्पण गरिएको नाटकबाट सङ्कलित रकम रु. एक लाख  सिन्धुपाल्चोक दोलालघाटको एकीकृत नमुना माझी बस्ति निर्माणमा खर्च गरिने छ । सहयोग रकम नाट्यकर्मी अशेष मल्ल र आमा लिला थापाको हातबाट स्वेताश्री फाउन्डेसनकी अध्यक्ष नायिका तथा समाजसेवी श्वेता खड्कालाई प्रदान गरियो ।

यसका साथै जी के पोखरेलको सहजीकरणमा नाटकको लेखकिय, निर्देशकिय, प्रस्तुती र यसको विषय वस्तु तथा सान्दर्भिकताको बारेमा बहस  कार्यक्रम समेत चलाइएको थियो ।  जूनकिरीको सफलताको केक काटेर प्रेम, सद्भाव र शुभकामना साटासाट गरि कार्यक्रम सम्पन्न भयो ।