“कान्छी” लिएर अमेरिका जादै श्वेता खड्का

नायिका स्वेता खड्काको फिल्म  कान्छी अमेरिकाका विभिन्न सहरहरुमा प्रदर्शन हुने भएको छ ।  फिल्म अमेरिकाको न्युयोर्क, बोस्टन, रोचेस्टर डी सि, भर्जिनिया, टेक्सास, क्यालीफोर्निया, लस एन्जेलस् लगायतका १४ स्टेटमा प्रदर्शन हुने छ  । नेपालमा दर्शकबाट धेरै रुचाइएको यो फिल्म अगष्ट ६ बाट बोस्टनमा समेत प्रदर्शन हुने भएको हो  । प्रदर्शनको क्रममा अभिनेत्री / निर्माता स्वेता खड्का स्वयम् बोस्टन जाने भएकी छन् ।

नायिका श्वेता खड्काको निर्माण रहेको फिल्मले राजधानीका केही हलहरुमा ५१ औं दिन समेत मनाउन सफल भएको थियो । आकाश अधिकारीद्वारा निर्देशित यस फिल्ममा श्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुमा कामेश्वर चौरासिया, आशान्त शर्मा, अनु शाह, प्रज्वल सुजर गिरी, भूमिका श्रेष्ठ लगायत रहेका छन ।