जोन स्टारर फिल्म ‘सत्यमेव जयते’ को दोस्रो गीत सार्वजनिक

जोन अब्राहम स्टारर फिल्म सत्यमेव जयतेको दोस्रो गीत ‘पानीयो सा’ सार्वजनिक भएको छ । तीन मिनेटको गीतमा फिल्मका लिड कलाकार जोन र अयशा शर्मा बिचको रोमान्सलाई हेर्न सकिन्छ । आतिफ अस्लाम र तुल्सी कुमार स्वरबद्ध गीतमा रोचक कोहलीको संगीत रहेको छ । गीतमा शब्द भने कुमारको रहेको छ ।

फिल्ममा जोन अब्रहाम,  आयशा शर्मा,  मनोज बजपाये,  अमृता खान भिलकर लगायतका कलकारहरुको अभिनय हेर्न सकिन्छ । फिल्ममा मिलाप मिलन जाभेरीको निर्देशन र कथा रहेको छ । फिल्ममा भुसन कुमार,  कृसन कुमार,  निखिल अदाभी,  मोनिशा अदाभी लगायतले संयुक्त लगानी रहेको छ । ईम्मे ईन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्म १५ अगस्टम रिलिज हुने भएको छ ।