बलिउड डेब्यू गर्दै शाहिदकी बहिनी सना

- मेराेफिल्म

शाहिद कपूरकी बहिनी सना कपूरले पनि अब फिल्म खेल्ने भएकी छन् । पछिल्लो समय साहिद आफ्नो भाई बहिनीहरुको करियर बनाउँनमा लागेका छन् । शाहिदका भाई ईशान खट्टरले फिल्म धडक मार्फत बलिउडमा डेब्यू गरेका छन् भने बहिनी सना डेब्यूको तर्खरमा छिन् ।

क्युट सनाले दाई शाहिदको  फिल्म शानदारमा सानो रोल गरेकी छन् । सानो रोल भएपनि उनलाई दर्शकले निकै रुचाएका थिए । अब भने सनाले नयाँ फिल्म ‘सरोज का रिश्ता’ मार्फत लिड रोलमा देखिदै छिन् । अभिषेक सक्सेनाले निर्देशन गर्ने फिल्मको शूटिंग अहिले धमाधम भैरहेको छ । खबर अनुसार फिल्म एक सोशल इस्युलाई लिएर बनेको छ ।

२०७५ असार २९ गते १३:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *