सैफ अलि खान छोरीसँग स्क्रिन सेयर गर्दै

बलिउड सुपरस्टार सैफअली खानले आफ्नी छोरी सारा अलि खानसँग पहिलो पटक फिल्ममा सँगै अभिनय गर्ने भएका छन् । खबर अनुसार फिल्मको काहानी बाबु र छोरीको सम्बन्धका बारेमा रहेको छ । उक्त फिल्म एक सोशल ईशुलाई लिएर निर्माण गरिने बताईएको छ । तर यसबारे सारा र सैफले भने मुख खोलेका छैनन् ।

सारा, सैफ अली खान र अमृता सिंहकी छोरी हुन् । सैफ र अमृताको डिभोर्स पस्चात सैफले करिना कपूरसँग विवाह गरेका हुन् । उक्त फिल्म नोभेम्बरमा रिलिज हुने बताईएको छ ।