सन्नी लियोनिको बायोपिक विवादमा

बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिकको नाम ‘करणजीत कौर एन अनटोल्ड स्टोरी’ विवादमा परेको छ ।  उक्त नामलाई लिएर सिख समुदायले आपत्ति जनाएका छन् । सिखहरुको संगठन सिरोमणी गरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रदर्शन हुन नदिने बताए । यो नामले समस्त सिख सम्प्रदायको अपमान गरेको छ । उनले भने सन्नीले धर्म परिवर्तन गरिसकेकी छिन्,  त्यसैले अब कौर थर उनले प्रयोग गर्न पाउँदिनन् । अश्लिल फिल्मकी नायिकाको बायोपिकमा कौर थर प्रयोग हुदा सिख समुदायलार्य ठेस पुग्ने उनको भनाई छ ।

यसबारेमा सन्नीले कुनै प्रतिक्रिया दिएकी छैनन् । बायोपिकको ट्रेलर केहि दिनअघि सार्वजनिक गरिएको थियो । यसमा सन्नीले आफ्नो भूमिका आफै निभाएकी छन् । आदित्य दत्तले निर्देशन गरेको उक्त बायोपिक जि ५ एपमा वेव सिरिजका रुपमा १६ जुलाईबाट प्रशारण हुने भएको छ । प्रशारण सुरु भएपछि यो अझै विवादमा मुछिन सक्ने अड्कल काटिएको छ । यसमा सन्नीका सेक्स सिनहरु कति समावेश गरिएको छ भन्ने बारे ट्रेलरबाट खुलेको छैन ।