सुरक्षा पन्तको कविताः ‘घाँसीको कथा’

आज असार २९, १०३ औं भानु जयन्ति यसै अवसर पारेर पद्मकन्या बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न भएको भानु जयन्ती बिशेष कार्यकर्ममा नेपाली फिल्म क्षेत्रकी पछिल्लो समयकी चल्तीकी नायिका सुरकक्षा पन्तले आफ्नो कविता प्रस्तुत गरेकी छिन् । फिल्म अभिनयमा मात्र देखिईरहेकी पन्तको साहित्य प्रेम उनले प्रस्तुत गरेको कविता मार्फत देखिन्छ । उनले लेखेको कविता यस प्रकार छ :
‘घाँसीको कथा’
गयो खाली बटुवा,आको पनि सित्तै
सास रहे भरिपुर्ण
मरेपछी रित्तै
शीतल दिने छहारीको
सुकी जाने पात
हरियो परियो हुँदासम्म
चरी मार्छे बात
एकादेशमा भन्छे !!
बटुवा माने मान्छे
ल सुन्नुस !!
घासी उस्को नाम
उखु बोकी खोलापारी पुग्नुपर्ने काम
टाढाबाट लखर लखर
आउदो रैछ हात्ती
हात्ती माथी गज्धम्म
कमिला को ताती
घासी गर्जन्छ !!
ए विशाल प्राणी
कमिला के मालिका हो तिम्रो ?
हात्ती भन्छ
म ठुलो केवल खोला मात्र तर्न सक्छु
त्यसपछिको बाटो खोज्न
कमिला मै भर पर्छु
मालिक न तिमी न म,एक दिन त मर्छु
तिमी पनि तर्ने भए आउ मदत गर्छु
घासी छक्क पर्दै भारी उठाउँछ
वारीबाट तीन प्राणी पारी पुर्याउछ
घासी मनमनै सोच्छ
कस्तो मीठो कुरा
उखुको रस भन्दा
धेरै पछी बिचलीत मन
भैगो आनन्द
ल अब !!
बटुवाले पायो उदेश्य, उदेश्यले कुवा
उखु दिदै बिदा हुन्छ घासी बटुवा
सेवाको अर्थ भन्नु सहयोग हो सिदा
अरुलाई केहि दिन सक्नु आफुले केही नलिदा
अनि भानुभक्तले जब सोधे ?
किन त घासी कुवा खन्छ ?
घासी मुस्कुराउदै भन्छ!
“अर्थ भित्र लुकेको अर्थ
सागर त भावना हो रहेछ
मानिस भक्त भन्द्दा पनि धेरै पहिले
कर्मेयोगी भानु हो रहेछ !”

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया