साउथ सुपरस्टार नार्गाजुन बलिउड फिल्म ब्रम्हास्त्रमा

- मेराेफिल्म

साउथ सुपरस्टार नार्गाजुन, रणबीर कपूर स्टारर बलिउड फिल्म ब्रम्हास्त्रमा देखिने भएका छन् । उनले १५ वर्ष पछि ब्रम्हास्त्र मार्फत फेरी बलिउडमा पाईला टेक्ने भएका हुन् । फिल्ममा उनीसँगै अभिताभ बच्चनको पनि मुख्य भूमिका रहनेछ । नार्गाजुन सन् २००३ मा जेपी दत्ताको फिल्म ‘एलओसी करिगिल’ नामक बलिउड फिल्ममा देखिएका थिए । लामो समय देखि हिन्दी फिल्ममा काम गर्ने इच्छा भएपनि राम्रो स्क्रिप्ट नपाएकोले उनले काम नगरेको बताए ।

नार्गाजुनले सन् १९९२ मा खुदा गवाह नामक फिल्ममा अमिताभ बच्चनसँग काम गरिसकेका छन् । उनले सन् १९९० मा फिल्म ‘शिवा’ बाट बलिउडमा डेब्यू गरेका थिए । अयान मुखर्जी निर्देशित फिल्म ब्रहमास्त्रमा रणबीर कपूर,  आलिया भाट,  अमिताभ बच्चन,  मौनी रोय लगायत कलाकारहरुको मुख्य अभिनय रहने छ । फिल्म २०१८ अगष्टमा रिलिज हुने निर्माण टिमले बताएको छ ।

२०७५ असार ३१ गते १२:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *