सलमान खानलाई नेपाल ल्याउछु भन्दै लाखौ ठगि गर्ने सिमान्त गुरुङ पक्राउ

सलमान खानलाई नेपाल ल्याउछु भन्दै लाखौ ठगि गर्ने ओडीसि इन्टरटेन्मेन्टका सिमान्त गुरुङलाई महानगरीय अपराध महासाखाले काठमान्डौबाट पक्राउ गरेको छ ।

सलमान खानको कार्यक्रम नेपालमा आयोजना गर्ने भन्दै बेचेको टिकट बापतको रकम फिर्ता नगरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनलाई ठगीको आरोपमा पक्राउ गरिएको र आवश्यक अनुसन्धानका लागि थुनामा राखिने बुझिएको छ । सलमान पहिलो पटक फागुन २५ मा नेपाल आएर २६ मा प्रस्तुति दिने कार्यक्रम तय भएको थियो तर सेक्युरिटी थ्रेट भएको भन्दै उक्त दिनको कार्यक्रम स्थगित भएको थियो । दोश्रो पटक जेठ १२ गतेको कार्यक्रम तय भए पनि उक्त कार्यक्रम हुन सकेन र सलमान खान नेपाल आएनन । तर कार्यक्रम स्थगित भए पनि कार्यक्रमका लागी भनेर बिक्रि भएका टिकटको पैसा अझै सम्म पनि फिर्ता नभए पछि गुरुङलाई प्रहरिले पक्राउ गरेको हो ।