प्रियंका आयुष्मान इन्गेजमेन्ट, कहिले गर्लान विवाह ?

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन् । करिब डेढ बर्ष अघिबाट प्रेममा रहेका यी दुईले सनिबार एक पारिवारिक जमघटका बीच इन्गेजमेन्ट गरेका हुन् ।

आयुष्मानकी आमा रविना देशराजले आफ्नो सामाजिक संजाल इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छन् । त्यस्तै पुर्व मिस नेपाल जेनिसा मोक्तानले पनि प्रियंका र आयुष्मानको फोटो सेयर गर्दै बधाई दिएकी छन् । आफ्नो प्रेमको बारेमा यी दुइ मिडियामा खुलेरै कुरा गर्ने गर्थे । पारिवारिक समारोहक बीच इन्गेजमेन्ट गरेका यी दुईले बिवाह कहिले गर्छन भन्ने बारे भने अझैसम्म जानकारी प्राप्त भएको छैन ।