फिल्म टिनएजमा ‘मेरो छोरी’ (भिडियो)

श्रावण २५ गते प्रदर्शन मिती तय गरेर फिल्म ‘टिनएज’ ले पहिलो गीत ‘मेरी छोरी’ सार्वजनिक गरेको छ । उक्त गीतमा बुबा आमाले आफ्नो सन्तानलाई गर्ने माया झल्काउँन खोजिएको छ । विकास चौधरीको संगीत रहेको गीतमा राजेश पायल राई, प्रविशा अधिकारी र टिका प्रसाईको स्वर रहेको छ ।

दिनेश पोख्रेल निर्देशित फिल्मलाई बिरु मगर र चिनिमायाँ वाईबा पाख्रीनले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा स्व नृत्य निर्देशक जंग रायमाझीको कथा रहेको छ भने सुमन उप्रेतीको पटकथा र बासु न्यौपानेको छायांकन रहेको छ । अनिल गौतमको सम्पादन रहेको फिल्ममा दिक्षा पाख्रीन, लिगेश भट्टराई, जनक कार्की, सोम लामा, दिपक शिंहको कोरीयोग्राफी रहेको छ । फिल्ममा एन्जीला खड्गी, नरेश बिर शिंह, सरोज शाह, कृष्ण सिवाकोटी, अजय खड्का, सरिता राज उप्रेती, निर्मल स्याङगतान, रेसम फिलिलि, मायाँ मगर, प्रतिक्षा खड्का लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।