ओशो बन्दै आमिर खान, साथमा आलिया

मिस्टर परफेक्सनिस्ट अभिनेता आमिर खान हालै आफ्नो नयाँ फिल्म “ठग्स अफ हिन्दुस्तान” को सुटिङ सकेर बसेका छन् । सुटिङ सके लगत्तै अभिनेता आमिर खान अब संसारकै सबैभन्दा विवादित अध्यात्मिक गुरु ओशो रजनीशको बायोपिकको लागि आफुलाई तयार गरिरहेका छन् । भारतिय मिडीयाका अनुसार अहिले उनको लुक्स टेस्ट सुरु गरिएको छ । यदि उनी ओशो बन्ने भए भने उनले अगाडीको टाउकाको कपाल काट्नुपर्ने हुन्छ भने दारी पाल्नुपर्ने हुन्छ । आमिरलाई स्क्रिप्ट मन परेता पनि लुक्स टेस्ट भएपछि मात्र फिल्म गर्ने नगर्ने निर्णय दिने बुझिएको छ । आमिरलाई भने यो फिल्म पटक्कै गुमाउन मन लागेको छैन ।

ओशोको सेक्रेटरीमा आनन्दको भुमिकाको लागि आलिया भाटसँग कुरा भएको छ । यता ओशो फाउन्डेसन ज्युरिजले भने कुनै पनि आध्यात्मिक गुरुको जीवनमा फिल्म बनाउनु अघि अनुमति लिनुपर्ने बताउँदै आएका छन ।