नारायणगढमा अलिशा शर्माको धमाकेदार नृत्य

नायिका अलिशा शर्माले नारायणगढमा धमाकेदार नृत्य प्रस्तुत गरेकी थिइन् । फिल्म प्रचारको लागि देश दौडाहामा निस्किएको ‘चि मुसी चि’ टीमको शनिवार साँझ नारायणी किनारमा भएको कन्सर्टमा अलिशा शर्माले नृत्य प्रस्तुत गरेकी हुन् । चितवनको कन्सर्टमा मूख्य आकर्षण अलिशाको नृत्य थियो । फिल्ममा समावेश चार गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा र सुसान्त कार्कीको नृत्य रहेको थियो भने फिल्मका बाहेक अन्य केहि गीतमा सुनिल र अलिशाले स्टेज तताएका थिए । अलिशाको गृहनगर चितवनमा भएको उक्त कन्सर्टमा उनले आफुलाई हट अवतारमा प्रस्तुत गरेकी थिइन् ।

दिनेश श्रेष्ठद्वारा निर्देशित फिल्ममा सुनील क्षेत्री, एलिसा शर्मा, सुशान्त कार्की,  कमली वाइवा,  सशांक बस्याल,  सेखर सुवेदी,  शिवराज कार्की लगायतको अभिनय रहेको छ । फिल्ममा करण राज कार्कीले संगीत दिएका छन् बने कार्यकारी निर्माता शिवराज कार्की रहेका छन् ।