‘टाईटल विनर फेशन शो’मा संचिता र उषा

नेपालमा पहिलो पटक विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा बिजेता बनेकाहरुलाई ‘पेजेण्ट नेपाल’ ले एउटै र्याम्पमा उतारेको छ १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना उपाधी बिजेताहरु रहेको शो मा भारतको मिस्टर वेष्ट वंगाल २०१३ अनुज शर्माको समेत सहभागिता रहेको थियो । मिस नेपाल २००० उषा खड्गी तथा नायिका संचिता लुईटेल शोस्टपर्स रहेको फेशन शोमा  प्रमुख अतिथी द हिडेन ट्रेजरका अध्यक्ष एवं मिस नेपाल आयोजक गोपाल सुन्दर लाल कक्षपती रहेका थिए ।

पहिलो सिक्वेन्स टिशर्ट राउण्ड,  दोश्रो क्रियटिभ डिजाईनका डिजाईनरमा ममता बस्नेत,  ढाका डिजाईनमा फेशन डिजाईनर जानुका राई, वेस्टर्न डिजाईनमा सुमित रजकको डिजाईनमा तयार भएका डिजाईनद्वारा मोडलहरुले माहोल तताएका थिए  । कार्यक्रममा करीब २५ जना ईभेन्ट अर्गनाईजरहरु समेत एकै साथ र्याम्पमा हिडेका थिए भने आफ्ना कम्पनीको प्रतिनिधित्व गरेका विजेतालाई स्वयं आयोजकले नै प्रमाण पत्र प्रदान गरेका थिए । अन्तिम राउण्डमा आफुले पहिरेका पहिरन, स्यास तथा क्राउनमा उपस्थित भएका मोडलहरुले आफ्नो उपाधी बिजेता शो प्रस्तुत गरेका थिए ।

शोमा चर्चित कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, महादेव त्रिपाठी, यमन श्रेष्ठ, रिता केसीले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रम यल्लो प्यागोडा होटलमा आयोजना गरिएको थियो । कार्यक्रम संचालन रोजीन शाक्य तथा आश्विनी झाले गरेका थिए । उक्त फेशन शोको कोरियोग्राफी स्वस्तिका लामा तथा संजयराज विक्रमले गरेका थिए भने मेकअप राज मेकअप स्टुडियो र फोटोग्राफी आर्टिष्ट नेपालको रहेको थियो ।