विश्वकप फाईनलमा नेपाली खेलप्रेमीलाई भारतीय मोडल पुनम पाण्डेको साथ

सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने नाङ्गो हुन्छु भन्ने अभिव्यक्ति दिएर चर्चामा आकी भारितिय मोडल पुनम पाण्डे नेपाल आएकी छन् । डेजाभु क्लब दरबार मार्ग काठमाडौंको आयोजनामा विश्वकप फुटबलको फाईनल खेल खेलप्रेमी नेपालीले भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेका साथ हेर्न पाउने भएका छन् । शनिबार बिहान रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले उक्त कुराको जानकारी दिएका छन् । यसपालिको विश्वकप फुटबलमा क्रोशियाले जितेको खण्डमा के तपाई ‘टपलेस’ हुने हो ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनिन्, ‘मेरो मनसाय यसपालिको विश्वकप क्रोशियाले जितोस् भन्ने छ, क्रोशियाले जित्यो भने म के गर्छु जान्नको लागि भोली राती डेजाभुमा आउनु होला, थाहा पाउनु हुनेछ ।’ उनले अघि थपिन्, ‘म भारतबाट नेपाल आएकी छु, भने पक्कै पनि केही त होलानी ।’

रशियामा जारी विश्व कपका सबै खेलहरु मध्य फ्रान्स र बेल्जीयमको राम्रो लागेको बताउदै मोडल पाण्डेले भनिन्, ‘बेल्जीयमले गोल हान्छ हान्छ जस्तो थियो तर के गर्नु फ्रान्सले जित्यो, बेल्जियमले खेल एक्दम राम्रो खेलेको थियो ।