निहारिका र ज्ञानमणिलाई योगमाया सम्मान

नेपाल स्रष्टा समाजद्वारा स्थापित ‘योगमाया सम्मान’ दुई व्यक्ति लाई प्रदान गर्ने भएको छ । समाजसुधारक योगमायाको नाममा स्थापना गरिएको सम्मान अन्तर्गत योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिकालाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय निर्णय गरेको छ । योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान वि.सं. २०६५ सालदेखि प्रदान गर्दै आएको छ भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान यसै वर्ष स्थापना गरिएको हो । यी दुवै सम्मान आगामी साउन सात गते हरिशयनी एकादशीका दिन एक समारोहका बीच प्रदान गरिनेछ । वि.सं. १९९८ आषाढ २२ गते हरिशयनी एकादशीकै दिनमा योगमायाका नेतृत्वमा उनीसहित ६८ जनाले तत्कालीन सांस्कृतिक बेथितिका विरुद्धमा अरुण नदीमा जलसमाधि लिएका थिए ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान समाजका अध्यक्ष पवन आलोकले दुई लाखको राशिबाट स्थापना गरेकामा साहित्यकार रमा शर्माले हालै थप एक लाख रुपैंया थप गरि यसको अक्षयकोष हाल तीन लाख पुर्याइएको छ । यो सम्मानको राशि २५,१११ रुपैंया रहेको छ । यसै गरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान राजेश न्यौपाने र केदारप्रसाद न्यौपानेले यसै वर्ष स्थापना गरेका हुन् । यसको अक्षयकोषमा दुईलाख र पुरस्कार राशि २०,१११ रहेको छ ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया