‘छक्का पञ्जा ३’ को गीत छायांकन सकियो

फिल्म छक्का पञ्जा ३ को गीतको छायाँकन सकिएको छ । एक दर्जन कलाकार नाचेको गीतको छायाँकन एक साता लगाएर शनिबार सकिएको जानकारी प्राप्त भएको छ । ‘पहिलो नम्वरमा’ बोलको गीत गोकर्ण र नर्लिन रिसोर्टमा खिचिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामांग, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा र संजोग कोइराला को नृत्य हेर्न सकिन्छ । दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाको शब्द रचना रहेको छ भने स्वर डेभिड शंकर र विन्दु परियारको रहेको छ । गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठ दुवैले खिचेका छन् । पहिलो नम्वरमा गीत यही साउनको दोश्रो सातामा सार्वजनिक हुँदैछ ।
दीपाश्री निरौलाको निर्देशन रहने फिल्ममा पुरानै कलाकारहरु दोहोरिने छन् । दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारहरुसँगै यस पटक नायिका दीपिका प्रसाई ‘छक्का पन्जा’ टिममा जोडिएकी छिन् भने नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहनेछ । फिल्म दशैँको फूलपातिबाट प्रदर्शनमा आउनेछ ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया