हतारको इन्गेजमेन्टः कुरा काट्नेको मुख टाल्या हो ?

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले शनिबार इन्गेजमेन्ट गरे । उनीहरुको इन्गेजमेन्टमा आफन्त मात्र भेला भए । न मिडिया, न फिल्मीकर्मी नै । आखिर, २ चलेका कलाकारको इन्गेजमेन्ट यति गुपचुप किन होला ? किन, यी दुइले यो खुशीको पललाई गुपचुप गरेका होलान् ?

प्रियंका र आयुष्मानको प्रेम परेदेखि नै उनीहरुको बिषयमा कुरा काट्ने, ट्रोल बनाउनेको कमी नै छैन । भाई र दिदीको सम्बन्ध कसरी प्रेममा परिणत भयो भनेर कुरा काट्ने त कत्ती छन् कत्ती ? प्रियंका र आयुष्मान यीनै कुरा काट्नेहरुका लागि मुख टाल्ने बाटो मात्र हो कि ? होइन भने यति हतारमा किन ?

प्रियंकाको अमेरिकाको टिकट शनिबारको थियो । तर, आइतबारलाई टिकट सारेर उनले शनिबार इन्गेजमेन्ट गरिन् । मतलब, प्रियंका र आयुष्मानले योजना गरेर इन्गेजमेन्ट गरेका थिएनन् । हतारमा गरेका थिए । कुरा काट्नेलाई मुख टाल्न यति चाडै इन्गेजमेन्ट गरिएको हो कि ? बिहे त अर्को बर्ष मात्र गर्ने योजना रहेछ त ?