किन आइनन् पुनम पाण्डे, वर्ल्डकप फाइनलमा?

भारतीय कलाकार पुनम पाण्डेले काठमाडौंमा गर्ने भनिएको कार्यक्रम रोकिएको छ । दरबारमार्गस्थित क्लब डेजबुमा उनी आउने कार्यक्रम तय भएको थियो। कार्यक्रम गर्ने स्वीकृति नै नभएको कारण कार्यक्रम रोकिएको हो । प्रहरीले प्रशासन बाट कुनै जानकारी नआएको कारण कार्यक्रम रोकिएको जानकारी दिएको छ ।

विश्वकप फुटबलको फाइनल हेर्न क्लबले पाण्डेलाई अतिथिका रूपमा नेपाल बोलाएको थियो । यसअघि गत मंसिरमा पनि अन्तर्राष्ट्रिय डिजे ‘मार्समेलो’ आउने भनेर क्लब सञ्चालक विवादमा आएका थिए ।