१० बर्ष कान्छा हिरोसँग रोमान्स गर्दै ऐश्वर्या (भिडियो)

फिल्म ‘फन्ने खां’ को दोस्रो गीत हल्का हल्का सुरुर सार्वजनिक भएको छ । गीतमा एश्वर्या राय बच्चन र राजकुमार रावले रोमान्स गरेका छन् । सुनिधि चौहान र दिव्या कुमारको स्वर रहेको गीतमा अमित त्रिभेदीको संगीत रहेको छ । गीतको शब्द भने ईरसद तामिलको रहेको छ ।

अतुल मनज्रेकर निर्देशित फिल्ममा अनिल कपूर,  ऐश्वर्या राय बच्चन, राजकुमार राव जस्ता कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्ममा राकेश ओमप्रकाश मेहरा, भुसन कुमार, अनिल कपूर, राजिव टानडोन, कुसुम अरोरा निशान्त पिटीको संयुक्त रुपमा लगानी रहेको छ । फिल्म अगस्ट ३, २०१८ मा वल्र्ड वाईड प्रर्दशन हुनेछ ।