के फिल्मकी जुन हुन् बर्षा ?

फिल्मी वृत्तमा अभिनेत्रीको अभाव छैन । अभिनेत्रीहरु धेरै भेटिएता पनि उनीहरु आउने र जाने क्रम नै छ । एउटा फिल्म खेलेर पुरै गायब हुनेहरु त कत्ती छन् कत्ती ! हिरोइन बर्षा सिवाकोटीलाई पनि फिल्मी बजारमा सफलता मिलेको छैन । काम त पाएकी छिन्, थोरै सफल अभिनेत्रीको सूचीमा उनी पर्दिनन् ।

तर, बर्षालाई भने त्यस्तो लाग्दैन । उनी, जति अभिनेत्री भएपनि अरु भन्दा फरक छिन् । यही भएर होला, उनी कहिले पानी परेको मौसमको तस्बिर राख्दै, अब पालो बर्षा कै हो कि क्या हो भन्न भ्याउँछिन् ?उनै, बर्षाको एक स्टाटसले पनि यो कुराको संकेत गरेको छ । टल्कने चाँदी मुल्य भने सुनको, लाखौ तारा भएपनि चर्चा हजुर जुन को ।

हुनत, यो बर्षाले काम गरिरहेको फिल्मको गीत होला । तर, बर्षाले कतै फिल्म वृत्तमा हजारौ तारा भएपनि चर्चा जुनकै हुन्छ भनेर आफूलाई जुनसँग तुलना गरेकी त होइनन् ? बर्षाको पहिलेका स्टाटसमा पनि उनले आफूलाई यही तरिकाले सम्बोधन गरेको पाइन्छ । के, सिनेमा वृत्तमा थुप्रै हिरोइन भएपनि चर्चा आफ्नै भन्न खोजेकी त होइनन् उनले ?