‘भैरे’ मा बर्षाको भिन्नै भूमिका !
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
करीब १ वर्षको अन्तरालमा बर्षा सिवाकोटी अभिनीत फिल्म ‘भैरे’ साउन ४ बाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उनी आफुले गरेका अन्य फिल्म भन्दा भैरे भिन्न रहेको बताउदै फिल्मले नेपालीपन बोकेको समेत जानकारी गराउछिन् । उनले भैरे प्याकेज फिल्म भएको तथा त्यसमा आफ्नो छुट्टै भूमिका रहेको बताइन ।
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको भैरेमा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारीको निर्माण रहेको छ भने सह-निर्माताका रुपमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत रहेका छन । फिल्मका कार्यकारी निर्माता लेख बहादुर पुन हुन । ‘भैरे’मा पुरुषोत्तम प्रधानको छायाङ्कन, सूर्य थोक्करको द्वन्द्व, बनिष शाहको सम्पादन रहेको छ भने नेपालय सिनेमा ईन्टरनेशनलको ब्यानरमा फिल्म निर्माण भएको हो ।
फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको समेत अभिनय देख्न सकिन्छ ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया