शब्द विहिन ‘बाँध मायाले’ ट्रेलर

आर्यन अधिकारी र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘बाँध मायाले’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा डाइलग प्रयोग गरिएको छैन ।
रामहरी धिताल र विभेषिका श्रेष्ठको समेत निर्माण रहेको फिल्ममा महेन्द्र अधिारी र केदार धितालको सह-निर्माण रहेको छ । काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको बाँध मायालेमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठले पहिलो पटकसँगै स्क्रिन सेयर गरेका छन् ।
आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय छ । किशोर खड्काले बाँध मायाले मार्फत नायकको रुपमा डेव्यु गर्दैछन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । लभ स्टोरी फिल्मलाई सविर श्रेष्ठले लेखन, निर्माण तथा निर्देशन गरेका हुन ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया