‘साली कसको भेनाको’ गीत रिलिज

फिल्म ‘साली कस्को भेनाको’ को गीत ‘माया तिमीलाई…’ सार्वजनिक भएको छ । सुरजसिंह ठकुरीको शब्द तथा संगीत रहेको गीतमा संगीतकार ठकुरी र आकांक्षा बस्याल आवाज रहेको छ । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल र नवनायक देव सागरको अभिनय हेर्न सकिन्छ ।
फिल्ममा विल्सन विक्रम राई, मरिष्का पोखरेल, बुद्धि तामांग, रजनी गुरुगं, सुष्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका निर्माता रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारी रहेका छन् । फिल्ममा प्रसाद प्रसाद श्रेष्ठ र सुरज शाही ठकुरी र मिन घलानको संगीत र बसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमित लामाको कोरियोग्राफी रहेको छ । कमेडी जनराको फिल्मका निर्देशक भद्र भूजेल छन् भने बनिष शाहको सम्पादन रहेको छ । फिल्म यहि भदौ २९ बाट देशभर रिलिज हुनेछ ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया