उस्तै भूमिकामा श्रृष्टीको ह्याट्रिक

उस्तै भूमिकामा हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहले त डबल ह्याट्रिक गरिसकेकी छिन् । साम्राज्ञीले काम गरेको सिनेमामा उनी शहरिया हट यूवतीको भूमिकामा देखिदै आएकी छिन् ।  तर, मिस नेपाल हुँदा कामुक छवि बनाएकी श्रृष्टी श्रेष्ठ सिनेमा वृत्तमा आइसकेपछि के भएकी हुन् कुन्नी ?

गाजलु सिनेमामा सोझी यूवती बनेकी श्रृष्टी रोमियो एन्ड मुनामा पनि सोझी यूवती नै बनिन् । श्रृष्टीको त्यो हट छवि प्रेमले लग्यो कि समयले थाहा भएन । तर, उनलाई दर्शकले सोचेको भन्दा फरक भूमिकामा देखिरहेका छन् । श्रृष्टी अभिनित तेश्रो सिनेमा वाँध मायालेको टिजर रिलिज भयो । यसको टिजरमा पनि श्रृष्टीको उही पारा देखिएको छ । उही पहेलो कुर्ता सुरुवाल, उही सोझी यूवती, उही रोनाधोना ।

के नेपाली दर्शकले श्रृष्टीलाई यस्तै रुपमा हेर्न चाहेका छन् त । श्रृष्टीले मोडलिङ गरेको एउटा हिन्दी गीतको म्यूजिक भिडियो हेर्ने दर्शकले त आजभोली उनलाई चिन्दैनन् पनि होला ।  श्रृष्टी आखिर किन यति धेरै परिवर्तन भएकी होलिन् । श्रृष्टीले एउटै खालको भूमिकामा ह्याटिक गरेकी छिन् । दोहोरो ह्याट्रिक पनि गरिन् भने त अत्ती नै हुन्छ ।